प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्ति लोकपथमा पहिरो

२०८० भाद्र ८, शुक्रबार ०३:२४ बजे

मकवानपुर – कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए । 

फाइल तस्वीर