प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको निर्माणाधिन स्वास्थ्य चौकी भवनबाट फलाम चोरी, एक जना पक्राउ

२०८० जेठ २३, मंगलबार ०६:३७ बजे

हेटौंडा – मकवानपुर प्रहरीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको फलाम चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सिपुर नगरपालिका–११ बिजौरी घर हाल भई हेटौंडा बस्ने २६ वर्षीय नारायण बोहरा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थितमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको फलाम चोरी गरी बोरामा बोकेर हिडिरहेको अवस्थामा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।