हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङ्गबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.१ घर भएका १९ बर्षीय सबिन स्याङबो रहेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्बरको यात्रुबहाक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसमा सवार स्याङ्बोले बोकेको झोलाबाट करिब ३ किलो लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागुऔषध र स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।