हेटौंडा – धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ रामधुनी चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय बिनोद रम्तेल रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मंगलबार साँझ हेटौडाबाट ठुलोदमार तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री रम्तेललाई ठक्कर दिएको थियो । मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको, उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।