हेटौंडा – मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त समूहको हेटौंडा ११ स्थित कार्यालयमा एक समारोहकाबीचमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको कार्यवाहक अध्यक्ष शान्ता बिश्वकर्माको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया रहनुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै उपमेयर बानियाँले उपमहानगरपालिका एकल महिलालाई सक्षम बनाउनका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा संस्थाको कोषाध्यक्ष निर्मला पौडेलले ६लाख ३८ हजार ७४५को आयब्यय प्रश्तुत गर्नुभएकोमा सभाले सो प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा बिशिष्ट अतिथि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल,वडा नम्बर ५ की वडा सदस्य रंजिता शिलवाल,नेपाल बार एसोशिउन मकवानपुर शाखाकी अध्यक्ष अप्सरा बस्नेत, सिमलटार टोल बिकास संस्थाका अध्यक्ष मधुकुमार थापा,संस्थाको सल्लाहकार निलम देवकोटा(बजगार्ई), नेपाल रेडक्रस सोसाईटी, हटिया उपशाखाका सभापति कृष्ण बहादुर सापकोटा, सचिव अमृता थापा, अप्सरा अर्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उक्त समूहकी महासचिव शारदा चौलागाईंले संचालन गर्नुभएको कार्यक्रममा स्वागत भने सदस्य रेखा पुडासैनीले गर्नुभएको थियो ।