प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौंबाट जाने सडक खुल्यो

२०८१ कार्तिक ४, आईतबार १९:४२ बजे

हेटौंडा – हेटौंडा्बाट कुलेखानी हुँदै काठमाडौं जाने सडक खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझदेखि उक्त सडकखण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो।

ईन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो। मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।