हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शुक्रबार पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुरा हिमाली नगरपालिका वडा नं.१ बस्ने ३१ बर्षीय देव बहादुर थापा रहेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितव बाट काकडभिट्टा तर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको यात्रु बाहक बसमा सवार थापालाई शंका लागेर चेक जाँच गर्दा उनले बोकेको कालो झोलाभित्र पेस्तोल १ थान र गोली १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै प्रहरीले दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७०० ग्राम सहित सोही बसमा सवार नवलपरासी पुर्वी सुस्ता कावासोती नगरपाकिला वडा नं.५ बस्ने ५७ बर्षीय विर बहादुर थापा मगरलाई पक्राउ गरेको छ ।
दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।