प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कान्ति लोकपथ अवरुद्ध

२०८० असार २८, बिहीबार १३:२९ बजे


हेटौंडा – कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिमातमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहिबार साँझ सडकमाथिबाट खसेको पहिरोको कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बर्षाको कारण सडकमा करिब ३०र३५ मिटर पहिरो खसेर सडक अबरोध भएको हो । पहिरो हटाउनको लागि डोजर ल्याउन समन्वय भइरहेको उनले बताए । सडकमा पहिरो खसेपछि कान्ति लोकपथ हुदै हेटौंडा आउने र हेटौंडा हुँदै काठमाडौं जाने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्।