प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

'खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन' प्रतियोगिता हुने

२०८० फाल्गुन १३, आईतबार २०:२१ बजे

हेटौंडा – नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगिता हुने भएको छ । समितिले आईतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता यही फागुन १८ गते शुक्रबार हुने जानकारी गराएको हो ।

गर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेका अनुसार ५ किलोमिटरको दूरी रहनेछ । हेटौंडाको बुद्धचोकबाट सुरु हुने प्रतियोगिता हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचोकमा फर्किएपछि दौड पूरा हुने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष घिमिरेले बताए । त्यस्तै प्रोत्साहन स्वरुप २ जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । 

प्रतियोगिता नेपाल एथ्लेटिक्स् संघको नियम अनुसार हुने बताईएको छ भने प्रतियोगितामा १६ बर्ष पुरा भएका नेपाली नागरिकले मात्रै सहभागिता जनाउन पाउनेछन् । 

आयोजकका अनुसार दौड बिहान ७ बजे शुरु हुनेछ । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउनका लागि सोही दिन बिहान ६ः४५ बज्नु भन्दा अगाडी नै भरिसक्नु पर्ने आयोजनले जानकारी दिएको छ ।