हेटौंडा – हेटौंडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालले एक सुचना जारी उक्त सेवा सुरु भएको जानकारी दिएको हो ।
स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि बिरामीको अवस्था र आवश्यकता अनुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए ।
उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आएको थियो । अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै एक पटक रेफर भई आएका सेवाग्रहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाईएको उनले बताए ।