प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटो दुर्घटना हुँदा मानन्धरको मृत्यु

२०८० जेठ ८, सोमबार ०७:१४ बजे

हेटौंडा – अटो आफैँ अनियन्त्रीत भएर दुर्घटना हुँदा धादिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिवेशी नगरपालिका–५, अर्जुनटार बस्ने ६५ वर्षीय अम्बर बहादुर मानन्धर रहेका छन् ।

प्रहरीका अनुसार धुनिवेशी नगरपालिका अर्जुनटारस्थित भित्री सडकखण्डमा अर्जुनटारबाट धार्के तर्फ जाँदै गरेको प्र २–०२–००१ ह १४५० नम्बरको अटो आफैँ अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।

दुर्घटनमा अटोमा सवार मानन्धर घाइते भएका थिए । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।