प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

फिरौती माग्ने २ जना पक्राउ

२०७९ असार १९, आईतबार ०५:१२ बजे

मोरङ – विराटनगर महानगरपालिका-३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-४ कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका-६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।

कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक-पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरीशनिश्चरे नगरपालिका-६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो ।