प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु

२०८० पौष ७, शनिबार ०८:४३ बजे

चितवन – चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय सङ्गीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेकी थिइन् । जनकपुर घर भए पनि रोजगारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० मा परिवार सहित बस्दै आएका थिए ।

शुक्रवार दिउँसो ११ः४० बजे नदीमा हामफालेपछि विपद् सहितको प्रहरी टोली र स्थानीय मोटर बोर्ड द्वारा तत्काल उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।