हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित चुरियामाई मन्दिर नजिकबाट लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २७ वर्षीय सुनिल कार्की र सोही स्थान बस्ने २९ वर्षीय पुर्ण बहादुर दोङ लामा रहेका छन् ।
पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आँउदै गरेको प्रदेश ३–०३–००१प ६२७५ नम्बरको स्कुटरमा सवार कार्की र लामालाई चेकजाँच गर्दा लागुऔषध नुफिन २०० एम्पुल, फेनरागन १९५ एम्पुल र डाईजेपाम १८९ एम्पुल गरी ५८४ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । उक्त लागुऔषध सहित कार्की र लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।