प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पत्रकारको होली मिलन कार्यक्रम

२०८० चैत्र ११, आईतबार १९:०२ बजे

हेटौंडा – होली पर्बका अवसरमा आज नेपाल पत्रकार महासंघ मकवानपुर साखा, प्रेस चौतारी नेपाल मकवानपुर साखा र नेपाल प्रेस युनियनले शुभकामना आदान प्रदान गरी मनाएका छन् । आज बिहानै देखि तीन वटा संस्थाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर फरक फरक समयमा एक जुट भएर होली पर्ब मनाएका हुन् ।

सबै भन्दा सुरुमा नेपाल पत्रकार महासंघ मकवानपुर साखा कार्यालय भवनमा होली पर्बका अवसरमा रंग दल्दै शुभकामना आदान प्रदान गरेर होली पर्ब मनाएका हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा पत्रकार महासंघका पूर्ब अध्यक्षहरु र मकवानपुरका सबैजसो संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसैगरी प्रेस चौतारी मकवानपुरले भैरवरोडमा रहेको आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान गरेर होली पर्ब मनाएका हुन् । प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष पुस्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेसचौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईले सबैलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य धुर्ब प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसैगरी हेटौंडाको वनस्खण्डीमा नेपाल प्रेस युनियन मकवानपुर साखाको आयोजनामा होली मिलन कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागि सबै पत्रकारहरुलाई स्वागत गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले होली मिलन कार्यक्रमले पत्रकारहरु एक आपसमा भाइचाराको सम्वन्ध कायम गर्नका लागि सहयोग पुगेको बताउनुभयो । बिहान देखि दिउसो सम्म यस कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै पत्रकारहरु नाचगानमा रमाएका छन् ।