हेटौंडा – मकवानपुरको मनहरीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं.५ दरदरा बस्ने कल्पना थिंङको छोरी एक वर्षीय सरिना डिमडुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार मंगलबार आफ्नै घरको नजिकै रहेको कुलोमा खेल्ने क्रममा पानीमा डुब्दा बालिका वेहोस अवस्थामा फेला परेकी थिइन् । तत्कालै उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टर मृत घोपणा गरेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव हेटौंडा अस्प्तालमै रहेको प्रहरीले जनाएको छ ।