हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपलिकाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपलिका–१५ पारिश्रमिक टोल बस्ने ४० वर्षीय राम थापा रहेका छन् ।
प्रहीका अनुसार थापालाई अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले घर तलासी गरेको थियो ।
घरमा खानतलासी गर्ने क्रममा उक्त लागूऔषधसहित थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।