हेटौंडा – मकवानपुरमा विभिन्न राजनीतिक दलहरुबिच निर्वाचन सम्बन्धी आचारसंंहिता पालना गर्ने, गराउने सहमति भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्वदलिय बैठकले सो सहमति गरेको हो ।
निर्वाचन आचारसंहितालाई थप प्रभावकारीरुपमा पालना गर्न, गराउन, स्वाच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग पु¥याउनको लागि सम्पर्ण राजनीतिक दलहरुबिच पाँच बुँदे सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए ।
ठुलो आवाजमा माइकिङ गरी ध्यनी प्रदुषण गर्ने तत्काल बन्द गर्ने, साँझ ७ बजेपछि निर्वाचन सम्बन्धी कुनै प्रचारप्रसार नगर्ने, बेलुका ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्ने निर्णय भएको भएको गैह्रले जानकारी दिए ।
त्यस्तै राजनीतिक दलका उम्मेदवारले आचारसंहितामा तोकिए अनुरुपको झण्डा निर्वाचन सम्बन्धी प्रचारप्रसारको प्रयोग गर्ने र सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट राजनीतिक दल, उम्मेदवार, मतदाता निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षकर्मी लगायतलाई लक्षित गरेर भ्रम फैलाउने सुचना र निर्वाचन विरोधी नगर्ने निर्णय भएको छ ।
