प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रोटर्याक्ट क्लब अफ हेटौंडाद्वारा विद्यालय पोसाक तथा स्टेसनरी सामाग्री सहयोग

२०८० कार्तिक २, बिहीबार १७:३९ बजे

हेटौंडा – रोटर्याक्ट क्लब अफ हेटौंडाले विद्यालय पोसाक, स्टेसनरी, खेलकुद सामग्रीहरु र भित्ते लेखनका सामाग्री सहयोग गरेको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ स्थित श्री बाघभैरब आधारभूत विद्यालयका विद्यार्थीहरु सहयोग गरेको हो ।

क्लबका अध्यक्ष अमृत लामिछानेको नेतृत्वको टोली आइतबार बाघभैरब आधारभूत विद्यालयमै पुगेर एक कार्यक्रमकाबीच उक्त सामाग्री सहयोग गरेको हो ।कार्यक्रमको संयोजन क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर नगेन्द्र ढकालले गरेका थिए ।

कार्यक्रमका दाताहरुमा राकेश श्रेष्ठ, हरि कुमार शर्मा, विज्ञान रिमाल, रोटरी क्लव अफ मकवानपुर तथा एम. जे. ब्रदर्श एण्ड सप्लायर्स रहेका छन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष उदीप आचार्य, सदस्य निर्मल पौडेल र सुशान्त चालिसे लगायतको उपस्थिती रहेको थियो ।