हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ कालापानीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सुरज पाख्रिन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनको साथबाट डाईजोपम ७ पिस, नोरफिन–७ पिस र फेनरगन ७ पिस गरि कुल २१ पिस लागुऔषध बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।