प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा भेष

२०७८ चैत्र ४, शुक्रबार १४:१० बजे

हेटौंडा – मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेष खड्की नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषदको बैठकले खड्कीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शुक्रबार हेटौंडा–५ पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा एक कार्यक्रम आयोजना गरी परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खड्कीलाई अध्यक्षको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गी यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको थिए । समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ।

यसअघि समितिका अध्यक्ष सानु लामा थिए ।