हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ संगम चोकस्थितमा एक बुटिकमा आगलागी भएको छ । आज (आइतबार)दिउँसो कृति ग्लानले भाडामा लिएर संचालन गरेको सम्बन्ध बुटिकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त पसलमा रहेको ईलोक्ट्रोनिक मेशिनबाट आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । आगो प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको उनले बताए ।
प्रवक्ता कार्कीका अनुसार उक्त आगोबाट तीन थान ईलोक्ट्रोनिक मेशिन र सिलाईको लागी राखिएको कपडाहरु जलेर नष्ट भएको छ । उक्त धनमाल एक लाख ७० हजारको रहेको उनको भनाई छ ।