हेटौंडा – बाराको महागढीमाई नगरपालिका–१ स्थितबाट लागूऔषध गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गढीमाई मन्दिरको दक्षिण पट्टी शंकास्पद मानिसहरु बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले अन्य ब्यक्तिको नाम र ठेगाना खुलाएको छैन ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।