प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने भुजेल पक्राउ

२०८० जेठ १०, बुधबार ०८:०३ बजे

काठमाडौं – अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेल रहेका छन् ।

प्रहरीका अनुसार भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई–फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेको थिए । सो कार्यको स्क्रिन रेकड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाएको समेत उनिमाथि आरोपछ ।

पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाएर पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुस्ख, हैरानी र बेइज्जत तथा चरित्रहत्या गरेको खुल्न आएपछि प्रहरीले सोमबार पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा भुजेललाई कास्की पोखराबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।