पोखरा – पोखरामा नगरबसको ठक्करबाट युवतीको मृत्यु भएको छ ।
सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई शुक्रबार बिहान ठक्कर दिएको थियो ।
बसको ठक्करबाट झापाको दमक नगरपालिका वडा नं.४ घर भएकी २४ वर्षीया दीक्षा कार्कीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी पोखरा–५ पर्स्याङ बस्दै आएकी थिइन् ।
प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।