प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

हेटौंडामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दियो

२०८० आश्विन २५, बिहीबार १४:५१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ स्मारक गेट नजिकै बुधबार मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको बा.प्र. ०३००५ प ३७० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री स्थानीय ७० बर्षीय टिका बहादुर दुलाल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका दुलालको चुरेहिल अस्पताल उपचार भइरहेको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।