प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा महोत्सव गर्न नदिने मउबासको योजना फेल, तयारी धमाधम, यसो भन्छन् अध्यक्ष बेस खड्गी

२०८० पौष २, सोमबार १३:३७ बजे

हेटौंडा – मकवानपुर उद्योग बाणिज्य संघ(मउबास)ले खेलकुद विकास समिति मकवानपुरलाई बृहत खेलकुद तथा व्यापार मेला गर्न नदिने योजना फेला खाएको छ । यति बेला हेटौंडा–१० स्थित टिसियन चौरमा मेलाको तयारी धमाधम भइरहेको छ ।

यही पुस ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने मेला कसैले रोक्न नसक्नेमा आयोजक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष बेस खड्गी ढुक्क छन् । सोही अनुसार मेला स्थलमा चारै तिर जस्तापाता लगाएर घेराबारा गरीएको छ । स्टल, स्टेज, गेट, मनोरञ्जनका यात्र उपकरणहरु धमाधम निर्माण भइरहेको छ ।

मेला खेल र खेलाडीको विकास गर्ने उद्देश्य सहित  खेलकुद विकास समिति मकवानपुरले औद्योगिक शान्ति नेपालसंग मिलेर मेलाको आयोजना गरेको हो । मेलामा महिला/पुरुष छुट्टाछुटै विभिन्न १३ विधामा बागमती प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेका छ । मेलामा स्थानीय स्तरमा उत्पादनमा बस्तु तथा कृषि उपज, अटो मोवाइल, लत्ताकपाडा, भाडाकुडा लगायतका २०० भन्दा बढी स्टलहरु रहने आयोजनक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष बेस खड्गीले जानकारी दिएका छन् ।

मेलामा हुने खेलकुद गतिविधिको जिल्ला खेलकुद विकास समिति गर्ने र व्यापार पाटो औद्योगिक शान्ति नेपाल गर्ने अध्यक्ष खड्गीले बताए । औद्योगिक शान्ति नेपालले खेलकुद गतिविधि गर्न लाग्ने १५ देखि २० लाख खर्च बेहोर्ने र छुट्टै २० लाख नगद जिल्ला खेलकुद विकास समितिको खातामा हालिदिने सम्झौता भएको उनले बताए ।

उनले मेलाको सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको बताए । उनीसंग मेलाको तयारी र विभिन्न संघसंस्थाहरुले गरिहरेको मेलाको विरोधको बिषयमा गरिएको कुराकनी प्रस्तुत छः–