हेटौंडा – शनिबार (आज) चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हुँदैछ ।फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एभिनियर एफसी क्यामरुनक्लबबिच खेल हुनेछ ।
दुवै फाइनल पुग्ने रणनीतिका साथ मैदान उत्रनेछन्।खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।फाइनल खेलमा घरेलु टोली विजय युथ क्लबसँग भिड्नेछन् ।
यसअघि साविक विजेता आर्मीले एपिएफ क्लबलाई र एभिनियर एफसीले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
खेलकुदको माध्यमबाट सहिदहरुप्रति सम्झना र सम्मान गर्ने उदेश्य सहित आयोजना गरिएको प्रतियोगिताको विजेता १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।
विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना र १० स्थानीय तहको सहयोगमा भएको प्रतियोगितामा देश तथा विदेशका १२ वटा टोलीको सहयोगिता रहेको थियो ।