हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित हनुमान मन्दिर अगाडी मोटरसाइकलले स्कुटरलाई ठक्कर दिंदा दुई श्रीमान श्रीमती घाइते भएका छन् ।
घाइते हुनेमा स्कुटर चालक हेटौंडा–१६ बस्ने ७५ बर्षीय नरबहादुर बि.क. र स्कुटर पछाडी सवार उनको श्रीमती ७० बर्षीय तिर्सना बि.क.रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको बताईएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो हेटौंडा बजारबाट थानाभर्यांङ तर्फ जादै गरेको ना ३८ प ८८६३ नम्बरको स्कुटरले बाटो क्रस गर्ने क्रममा सोहि दिशाबाट जादै गरेको प्र२–०३–०१८ प ००८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकल र चालक नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ ।