प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वास्थ्य निर्देशनालय हेटौंडाले माग्यो ९२ जना कर्मचारी माग

२०७९ भाद्र १६, बिहीबार ०७:५९ बजे

हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाले ९२ जना कर्मचारीहरु माग गरेको छ । चालु आर्थिक वर्षमा थप गरिएका बिद्यालयमा बिद्यालय नर्स राख्ने ९२ जना कर्मचारीहरु माग गरेको हो ।

चालु आर्थिक वर्षका लागि बिद्यालय नर्स राख्नका लागि यही भदौ १४ गते १५ दिन भित्रमा योग्यता पुगेका नागरिकले आवेदन दिनका लागि आग्रह गरिएको छ ।मन्त्रालयको ‘एक बिद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत कर्मचारी राख्न लागिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।

निर्देशनालयले बिभीन्न जिल्लाका स्थानीय तह र बिद्यालयको नाम समेत खुलाएर बिद्यालय नर्स माग गरेको हो। जसमा काठमाडौंका ८, चितवनका ७, काभ्रेपलान्चोकका ६, धादिङका ७, दोलखाका ७, नुवाकोटका ११, मकवानपुरका ८, भक्तपुरका ४, रसुवाका २ र रामेछापका ४ जना, ललितपुरका ६, सिन्धपाल्चोकका १५ र सिन्धलीका लागि ५ जना माग गरिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।