प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु

२०८१ श्रावण १०, बिहीबार १८:१३ बजे

हेटौंडा – हेटौंडाको राप्ती खोलाले बगाउँदा बिहीबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुेनमा हेटौंडा उपमहानगरपालिका– १ स्थित तरकारी बजारमा काम गर्ने ३० वर्षीय राजु पन्त रहेका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तिखोलाले मान्छे बगाएर ल्याएपछि स्थानीय र प्रहरीले उद्धार गरेर उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । मृतक पन्त लामो सयमदेखि जरुवाटोलस्थित तरकारी बजारमा तरकारी लोड–अनलोडको काम गर्दै आएको प्रहरीले जनाएको छ ।