हेटौंडा – निर्मल मावि, हेटौंडा–१९, बस्तीपुरको ४७ औं विद्यालय स्थापना दिवसको अवसरमा विद्यालयले ३ दिवसीय विविध कार्यक्रम गरेको छ । पुस ७ गते विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता, खेलकुदलगायत विविध क्रियाकलापहरु सञ्चालन गरि“दा ८ गते वडाध्यक्ष नरनाथ सुबेदीबाट रक्तदान कार्यक्रम उद्घाटन गरी ३२ जनाबाट रक्तदान गरिएको थियो ।
विद्यालय प्रअ प्रवोध बिडारीबाट दीप प्रज्ज्वलन गरी विद्यालय स्थापना दिवस भव्यरुपमा मनाइएको हो । ९ गते अल्फा पोलिक्लिनिक, हेटौंडा–१ को प्राविधिक सहयोगमा वडाध्यक्ष सुबेदीबाट स्वास्थ्य शिविर उद्घाटन गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष सुबेदीलगायत २ सय ९८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा हाड तथा नसारोग, स्त्री तथा प्रसुति, दन्तरोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा सेवा प्रदान गरिएको थियो ।