हेटौंडा– हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा बृक्षारोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सुन्दर र आक्रर्षक शहर निर्माण अभियानमा अन्तर्गत क्याम्पाडाँडामा बृक्षारोपण गरिएको हो ।
हरीत नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा बिकास गर्ने लक्ष्य सहित कान्तिलोकपथ अन्तरगत हेटौंडा– चौंधडा खण्डको क्याम्पडाँडामा बृक्षारोपण गरिएको हो ।
हेटौंडा ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी बृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आक्रणक देखिने धुपी तथा गोलमोहर फुलको बिरुवा रोपिएको छ ।
नगरलाई सुन्दर बनाउँनका लागि हरेर महिना बृक्षा रोपण अभियान र हरेका साता ‘ सफा हेटौंडा अभियान’ उपमहानगरले सञ्चालन गरीरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशब देवकोटाका अनुसार हरेक महिना फरक÷फरक ठाउँमा बृक्षा रोपणको अभियान पनि सञ्चालन गरेको बताए ।
बृक्षारोपणमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम, नेपाली काग्रेस मकवानपुरका प्रवक्ता बिष्णु दाहाल, नगर सभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता शिलवाल लगाएत स्थानिय वासिन्दाको सहभागिता रहेको थियो ।