हेटौंडा – मकवानपुर थाहा नगरपालिका वडा नं.६ मा एक घरमा आगलागी भएको छ ।
आइतबार स्थानीय मेगराज बलामीको पुरानो डिजाइनको तिनतले पक्की घरमा अचानक बिजुली सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट घरको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको उनले बताए ।
आगलागी भएको जानकारी पाउन साथ प्रहरी, स्थानियबासी, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको बिवरण भने आउँन बाँकी छ ।