प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खैरो हिरोइनसहित मकवानपुरमा एकजना पक्राउ

२०८१ कार्तिक ११, आईतबार १९:२१ बजे

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ निवासी २३ वर्षीय अरुण नेपालीलाई ७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागू औषधसहित पक्राउ गरिएको छ।

प्रहरीको विशेष सूचनाको आधारमा असोज १० गते साँझ ६:३० बजे चौकीटोलस्थित अरुण नेपालीको डेरामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा उक्त लागू औषध फेला परेको हो। प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खानतलासीको क्रममा अरुणको शरीर र कोठा जाँच्दा ७ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अरुणलाई लागू औषध मुद्दामा मुछिएको आरोपमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागू औषध सम्बन्धी अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।