प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेश मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

२०७९ पौष २५, सोमबार ११:३३ बजे

हेटौंडा – नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधान १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, हाम्रो नेपाल पार्टीका ७० सांसदहरूको समर्थनसहित जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ७० प्रदेशसभा सदस्यले जम्कट्टेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुख शर्मालाई दाबी पत्र बुझाएका थिए ।