प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतीमा बामलोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकता भेला

२०७९ कार्तिक ६, आईतबार १५:०१ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.१ की उम्मेदवार नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पूर्वी मकवानपुरमा विकास र सम्वृद्धि आउन आफुले चुनाव जित्नु पर्ने बताइन् । बागमती गाउँपालिकामा भएको अगुवा कार्यकता भेलामा डिनाले यस्तो बताएकी हुन् ।

उनले चुनाव जिते पूर्वी मकवानपुरको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मेवारी आफुले लिने बताईन् । उनले सुस्त फास्टट्राकको निर्माणमा गतिलिन पनि गठबंधनकै उम्मेदवारको जीत जरुरी रहेको बताइन्।

महिलालाई उत्पादनसंग जोडेर आयआर्जनमा जोड दिने, खेतियोग्य जमिनमा सिचाँईको प्रबन्ध गर्ने र भुमिहिन किसानलाई लालपुर्जा उपलब्ध कार्यलाई प्राथामिक्ताकामा रोखेर काम गर्ने उनले बताईन् ।

पूर्वी मकवानपुरको विकास र सम्वृद्धिका लागि आफु र प्रम बहादुर पुलामी(छिन्तु)ले मात्र नभई जिल्लाको सबैक्षेत्रमा गठनबन्धनलाई जिताउन जरुरी रहेको उनको भनाई थियो ।

त्यस्तै मकवानपुर क्षेत्र नं.१ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले यस क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको जित निश्चित भएको दाबी गरे । अन्य पार्टीको तुलनामा आफहरु १४ हजार मतले अगाडि रहेको उनको दाबी छ ।

कमल थापा परिचय गर्दै हिँडिरहेको देख्दा आश्चर्य लागेको बताउँदै छिन्तुले उनको भित्र अर्कै बोलेर बाहिर अर्कै बोकेर हिड्ने चरित्र बारे जनता जानकार रहेको बताए । गठबन्धन विकास शुशासन र समृद्धिको लागि भएको उनको भनाई छ ।

भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, माओवादी केन्द्र मकवानपुरका नेता विजय गौतम, कमानसिंह पाख्रिन, अरुण बल लामा, एकिकृत समाजवादीका नेता मधु अधिकारी, नारायण तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।