हेटौंडा – सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा पार्टीको झण्डा गाड्दै तालाबन्दी गरेको छ ।
बुधबार हेटौंडा उपमहानगरपालिकामा रहेका दुई वटा र बागमती गाउँपालिकामा रहेको एक वटा लघु वित्तीय संस्थामा नेकपा बहुमत मकवानपुरले तालाबन्दी गरेको हो ।
हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती–७ स्थित जीवन विकास लघुवित्तमा तालाबन्दी गरिएको हो । वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणमा तालाबन्दी कार्यक्रम गरेको नेकपाका एक नेताले जानकारी दिए ।