प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महिला साफ च्याम्पियनसिप: नेपाल समूह 'बी'

२०७९ श्रावण १४, शनिबार ०८:०४ बजे

काठमाडौं – नेपालमा आयोजना हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन सार्वजनिक गरेको हो ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा आयोजक टोली नेपाल समुह बी रहेको छ । नेपाल रहेको समुहमा श्रीलंका र भुटान रहेका छन् । यस्तै समूह ए मा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुनेछ । साफमा हालसम्म ५ संस्करणमध्य नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।

प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली पनि घोषणा गरिसकेको छ । हाल टोलीलाई २९ सदस्यको दुई समूहमा विभाजन गरेर प्रशिक्षण गरिएको छ । महिला टोलीको प्रशिक्षक कुमार थापाले गरिरहेका छन् ।