हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभ¥याङमा मंगलबार म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको बा.०३००५प २८३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३००१ ज ००६५ नम्बरमो म्याजिक आपसमा ठोक्किँएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–११ स्मारक बस्ने बर्ष २२ को उज्जल कार्की मध्यम घाइते भएका छन् । उनको उपचारको लागि चितवनतर्फ पठाईएको छ ।
ठक्कर दिने म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।