प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार: मुख्यमन्त्री शालिकराम जम्कट्टेल

२०७९ फाल्गुन २७, शनिबार १४:१९ बजे

हेटौंडा – वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्मती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताए । आज हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको उनले बताए । कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उनले आग्रह गरे । उनले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भिर बन्न सुझाए ।

कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाबदिन समेत उनले कर्मचारीहरुलाई नै आग्रह गरे । कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागि पर्नुपर्ने उनको भनाई थियो ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको आरोप लगाए ।  शान्तिप्रक्रिया टुंगोमा पु¥याउने मुद्धा ओलीले वास्ता नगरेको कारण सम्बन्ध चिस्सिएको उनले बताए । बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्धा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेको उनको भनाई रहेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगाएतले मन्तब्य दिएका थिए ।