प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीले कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदै

२०८० आश्विन १०, बुधबार १४:१४ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिकाले कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले बुधबार एक सुचना मार्फत २, ३, ४, ५, र ६ रेबिजविरुद्धको खोप लगाउने जानकारी दिएको हो ।

भोली असोज ११ गते विहिबार विश्व रेविज दिवस । यसै अवसरमा पालिकाले रेबिजविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको सुचनामा उल्लेख गरिएको छ । खोप कार्यक्रम बिहीबार बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुने बताईएको छ ।