प्रहर खबर
 २०८१ बैशाख २१, शुक्रबार    

हेटौंडाबाट अबैध कपडा बरामद

२०८० असार २६, मंगलबार १३:१३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.१५ रातोमाटे चेकप्वाईन्टबाट अबैध कपडा बरामद गरेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सोमबार रौतहटबाट काठमाडौँतर्फ जादै गरेको ना.८ ख २५३५ नम्बरको यात्रु बाहक बसबाट ४६४ थान कुर्थाको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको पछाडिको डिक्किमा रहेको सेतो बोराभित्र भन्सार छलेर लुकाई छिपाई राखेको बिल भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिईएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । उक्त कपडा २ लाख ३२ हजारको रहेको उनले बताए ।  उनले कुर्था कपडाको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । 

फाइल तस्वीर