प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहर खबरका प्रधान सम्पादक आचार्यसहित पाँच जना सम्मानित

२०७९ फाल्गुन ७, आईतबार ०३:५६ बजे

हेटौंडा – प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरले प्रहर खबरका प्रधानसम्पादक भानुभक्त आचार्य सहित पाँच जनालाई सम्मन गरेको छ । सेन्टरले शनिबार हेटौँडामा भएको वार्षिक साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा नगद पाँच हजार सहित सम्मान गरेको हो ।

सम्मानित हुने प्रधानसम्पादक आचार्य सहित गोरखापत्र दैनिकका राममणि दाहाल, कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी, बागमती टेलिभिजनका तिलक अधिकारी र टिम टेलिभिजनाकी भावना रिजाल रहेका छन् ।उनीहरुलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सम्मानीत गरेका थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले तथ्यपरक र निष्पक्ष समाचार लेख्न आग्रह अग्रह गरिन् । पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी आफै समस्यामा रहेको बताउँदै उनले सञ्चारकर्मीको क्षमता अभिवृद्धिलगायत सवालमा प्रदेश सरकारले सहयोग गर्ने बताइन् । उनले  कानुन निर्माणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् ।

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी,  प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, पत्रकार कुमार अधिकारी, रामकुमार एलन, बालकृष्ण चौलागाईँ, नवराज वाइबालगायतको उपस्थिती रहेको थियो ।