प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट दुलाल पक्राउ

२०८० फाल्गुन १४, सोमबार ०८:०७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध नाईट्राभेट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती गाँउपालिका वडा नं. ८ बस्ने २६ बर्षीय तारानाथ दुलाल रहेका छन् ।

प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसपार्कस्थित अग्नी बस काउण्टर नजिक शंकास्पद रुपमा बसिरहेका दुलाललाई रित पुर्वक खानतलासी गर्दा लागूऔषध नाईट्राभेट ३० ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले आफ्नो पाईन्टको खल्तिभित्र लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त लागूऔषध नाईट्राभेट परेको हो । दुलाललाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।