हेटौंडा – बागमती प्रदेशमा यस आर्थिक वर्ष धान उत्पादनमा गिरावट आएको छ। गत असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण धान उत्पादनमा १.३७ प्रतिशतले कमी आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ।
चालु आवमा बागमती प्रदेशमा एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा लगाइएको धानबालीबाट चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो।
क्षतिग्रस्त क्षेत्रफल र उत्पादन ह्रासः
बाढीपहिरोले ३७,००० हेक्टर क्षेत्रमा लगाइएको ५,६०० मेट्रिक टन धानबाली नष्ट गरेको छ। समयमा वर्षा र रोग–कीराको प्रकोप कम भएका कारण यस वर्ष उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोका कारण उत्पादन घटेको निर्देशनालयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए।
जिल्लागत उत्पादन विवरणः
चितवनः २३,७०० हेक्टरमा ४.१५ मेट्रिक टन प्रति हेक्टर उत्पादन दरले ९८,३५५ मेट्रिक टन।
नुवाकोटः ११,६१५ हेक्टरमा ४.१७ मेट्रिक टन प्रति हेक्टर दरले ४८,३९० मेट्रिक टन।
काठमाडौँः ४,९२४ हेक्टरमा ४.७१ मेट्रिक टन प्रति हेक्टर दरले २३,१९२ मेट्रिक टन।
ललितपुरः ४,१७८ हेक्टरमा ४.५३ मेट्रिक टन प्रति हेक्टर दरले १८,९२६ मेट्रिक टन।
भक्तपुरः ३,५९९ हेक्टरमा ५.५१ मेट्रिक टन प्रति हेक्टर दरले १९,८२३ मेट्रिक टन।
बाढीपहिरोबाट बढी प्रभावित जिल्लाहरूः
बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ ।
मकवानपुरः ७,०१७ हेक्टरमा ३.९० मेट्रिक टन प्रति हेक्टर दरले २७,३६६ मेट्रिक टन।
काभ्रेः ८,०१९ हेक्टरमा ३.९१ मेट्रिक टन प्रति हेक्टर दरले ३१,३५४ मेट्रिक टन।
रामेछापः ७,८८० हेक्टरमा २.५४ मेट्रिक टन प्रति हेक्टर दरले २०,०१५ मेट्रिक टन।
सिन्धुपाल्चोकः ७,९०० हेक्टरमा २.९२ मेट्रिक टन प्रति हेक्टर दरले २३,०६८ मेट्रिक टन।
दोलखाः २,८७२ हेक्टरमा २.५० मेट्रिक टन प्रति हेक्टर दरले ७,०६८ मेट्रिक टन।
रसुवाः १,०९९ हेक्टरमा २.२३ मेट्रिक टन प्रति हेक्टर दरले २,४५१ मेट्रिक टन।