हेटौंडा – डोल्पा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
महोत्तरी रामगोपालपुर नगरपालिका १ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङ मृत्यु भएको छ । नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएको उनको उपचारको लागि अस्पताल पु¥याउना साथ डाक्टरले मृत्त घोषणा गरेको थियो । दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।
त्यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफालमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार रुकुम पुर्वको सिस्ने गाउँपालिका ४ का २५ वर्षीय शेर बहादुर के.सी. रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमै सवार २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।