हेटौंडा – मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । अदालतको सुविधा सम्पन्न ७१ कोठे भवनको प्रधानन्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले सोमबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन् ।
उद्घाटन् कार्यक्रममा बोल्दै उनले न्यायपालिकालाई आम नागरिकको आशाको केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । अदालत प्रतिको विश्वास र भरोसालाई कायम गर्नुपर्ने उनले बताए । नयाँ मुद्धाका तुलनामा सबोच्च अदालतमा पुराना मुद्धाहरु धेरै फच्यौट भएको बताए ।
हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा नवनिर्मित भवनको उद्घाटन संगै सुबिधा सम्पन्न भवनबाट सेवा दिन पाएकोमा जिल्ला न्यायधिशहरु पनि खुसी भएका छन् । सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ ।
भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेना गृह रहेको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।
भवनमा पुस्ताकलय, कानुन ब्यबसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।
२७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौको कविन्द्ररनवसिर्जनशिलरस्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।