हेटौंडा – मकवानपुरका किसानहरुले बिभीन्न मागहरु राख्दै आज हेटौंडाको मुख्य बजार बुद्धचोकमा धर्ना दिएका छन् । नेकपा एमाले निकटको अखिल नेपाल किसान महाँसंघ तथा किसान संजालको आयोजनामा हेटौंडाको मुख्य चोक बुद्ध चोकमा चक्काजाम समेत गरेर धर्ना दिइएको हो ।
किसानका मागहरु पटक पटक सरकार समक्ष राख्दा पनि सुनुवाइ नभएपछी सवारी आवगमन समेत बन्द गरेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालले बताए ।किसानहरुले पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले बिकराल भएको परिस्थतीमा पनि सरकार रहेको भन्दै चक्का जाम गरिएको हो ।
मकवानपुरका बिभीन्न स्थानीय तहहरुले किसानलाई दूधमा दिदै आएको अनुदान रकम कटौती गरेकाले तत्काल कार्यबिधि बनाएर अनुदान रकम दिनका लागि माग गरिएको अध्यक्ष दंगालले बताए । किसानका लागि अरु अनुदान पनि पछील्लो वर्ष कटौती गरिएकाले त्यो अनुदान पनि उपलब्ध गराउन माग गरिएको छ ।
विमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नविकरण नगरेकोमा सरकारले समेत वास्ता नगरेपछी देशभरको किसान आन्दोलित हुन परेको किसान महासंघका अध्यक्ष दंगालले बताए । सरकारले चलाएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सरट र स्टिलहरू बिना प्रतिस्पर्धी पूरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको महासंघले जनाएको छ ।
रासायनिक मलको अभाव व्यापक छ तर सरकारले मलको अभाव छैन भनेर प्रचार गरेकोमा पनि किसानको ध्यानाकर्षण भएको दंगालले बताए । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्याको राज्यले सम्बोधन नगरेको भन्दै शुक्रबार विरोध प्रदर्शन गरेका हुन। सातै प्रदेशमा भएको विरोध तथा धर्ना कार्यक्रम मकवानपुरको हेटौडा १० बुद्धचोकमा भएको थियो ।