हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ चाईनाक्वाटरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सीराङ गाँउपालिका वडा नं. १ बस्ने ३२ बर्षीय कान्छाराम मोक्तान रहेका छन् ।
चाईनाक्वाटर अगाडी सडकमा शंकास्पद रुपमा हिडिरहेका मोक्तानलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट ५ किलो ४०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्लाअदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।